महावीर पुनसँग वार्ता गर्दै सरकार

लोकपथ
98
Shares

काठमाडौं । नेपाल सरकारले ४ बुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ ।

महावीर पुनले काठमाडौंको माइतीघरको सडकमै रातभर सुतेर अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै धर्ना बसेका थिए ।

हाल सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र पुनबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा वार्ता जारी रहेको छ ।

सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै पुनले शुक्रबारदेखि माइतीघरमा धर्ना शुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?