निर्वाचनसम्बन्धी सकारात्मक सन्देश दिने समाचार सम्प्रेषण गर्न आवश्यक

काठमाडौँ, कात्तिक ७ ।निर्वाचन आयुक्त इला शर्माले स्वच्छ र सत्यतथ्य समाचार सम्प्रेषणबाटै लोकतन्त्र संस्थागत हुने भएकाले निर्वाचनसम्बन्धी समाचार जिम्मेवारीपूर्वक सम्प्रेषण गर्न आग्रह गरेकी छिन ।राजधानीबाट प्रकाशन तथा प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्मममा निर्वाचन विषयमा कार्यरत सञ्चारकर्मीका लागि सञ्चालित ‘निर्वाचन र सञ्चार’ विषयको प्रशिक्षणको उद्घाटन गर्दै उहाँले नेपालमा व्यावसायिक पत्रकारिताको विकास भइरहेको हँुदा निर्वाचनको संवेदनशीलताबारे पत्रकारलाई पर्याप्त ज्ञान रहेको महसुस आयोगले गरेको बताइन ।आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र मर्यादित तरिकाले सम्पन्न गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले आयोगले विभिन्न तालीम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैआएको छ ।सो अवसरमा आयुक्त नरेन्द्र दाहालले जनमत निर्माण तथा मतदातालाई सुसूचित गर्ने काममा सञ्चारमाध्यमबाट सकारात्मक सन्देश दिने समाचार सम्प्रेषण हुन आवश्यक रहेको बताइन ।आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले जिम्मेवारीबोधका साथ सत्य र तथ्यमा आधारित निर्वाचनमैत्री सूचना निष्पक्ष रूपमा सम्पेषण गर्न सहभागी पत्रकारलाई आह्वान गरे । उनले भने, “आगामी निर्वाचनलाई पनि सहज तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि निरन्तररुपमा सूचना सम्प्रेषण गरी राजनीतिक दललाई सजग गराउन र मतदातालाई सुसूचित गर्न आवश्यक छ ।नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले स्थानीय तहको निर्वाचनमा जस्तै आगामी निर्वाचनमा पनि स्वस्थ र मर्यादित ढंगले निर्वाचनसम्बन्धी सूचना संकलन र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारमाध्यम तयार रहेकोबताए ।आयोगका प्रवक्ता नवराज ढकालले प्रशिक्षणको उद्देश्यमाथि प्रकाश पारेको उक्त प्रशिक्षणमा निर्वाचन विषयमा कार्यरत पत्रकारमध्ये ६० जना पत्रकारको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?