काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् । भारतमा उपचाररत राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किन लागेका हुन् ।
राष्ट्रपति पौडेल नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ११ दिनदेखि उपचाररत थिए ।
राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेका अनुसार राष्ट्रपति आज राति ८ बजे काठमाडौं आइपुग्ने छन् ।स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया