संसदीय दल नेताबाट डोलप्रसाद अर्यालले दिए राजीनामा

लोकपथ
14
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् ।

पार्टीका सभापति रवि लामिछाने चितवन २ को उपनिर्वाचनबाट पुन सांसद निर्वाचित भएपछि अर्यालले राजीनामा दिएका हुन् ।

रास्वपाले सभापति लामिछानेलाई नै संसदीय दल नेता चुनेको थियो । तर, सर्वोच्च अदालतको फैसलापछि लामिछानेको सांसद पद गएपछि संसदीय दल नेतामा अर्याल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?