निरा पाण्डेको हत्यारालाई काठमाडौं ल्याइँदै, आजै सार्वजनिक गर्ने तयारी

लोकपथ
364
Shares

काठमाडौं । निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका विनोद विकलाई आज सार्वजनिक गरिने भएको छ । झापा विनोद विकलाई प्रहरीले धुलाबारीबाट पक्राउ गरेको थियो ।

बिकलाई काठमाडौं ल्याउन उच्चस्तरीय छानबिन समितिका दुई जना डिएसपीसहितको टोली झापा पुगेको थियो । विकलाई आज काठमाडौं ल्याइँदै छ ।

कपनको सरस्वतीनगरको पसलमा वैशाख ७ गते निरा पाण्डे आचार्यको हत्या भएको थियो । विकलाई काठमाडौं ल्याइसकेपछि पत्रकार सम्मेलन गर्ने प्रहरीको तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?