काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार २३८ जनाको नमुना परीक्षण गर्दा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोारोना संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १२ हजार ३० पुगेको छ । नेपालमा कोरोनाबाट हुने मृत्युदर १.२ प्रतिशत रहेको छ ।

त्यस्तै, सोही अवधिमा थप ३५ जना कोारोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया