आफ्नै छोराको हत्या गर्ने बाबु पक्राउ

लोकपथ
98
Shares

काठमाडौं । कैलालीमा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-६ मट्यारी बस्ने ४७ वर्षीय महेश कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

महेश कुमारले आफ्नै घर भन्दा अन्दाजी १ सय ५० मिटर टाढा जंगलमा अर्जुन चौधरीलाई इँटा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?