अर्थमन्त्री डा. महत र जर्मनीका राजदूत प्रिन्जबीच भेटवार्ता

लोकपथ
28
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महत जर्मनीका राजदूत डा. थोम प्रिन्जबीच भेटवार्ता भएको छ । शुक्रबार अर्थमन्त्री डा. महत र राजदूत प्रिन्जबीच भेटवार्ता भएको हो ।

सो भेटमा राजदूत प्रिन्जले नेपालमा स्वच्छ उर्जा र प्रसारण लाइन निर्माणका क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । साथै, उनले नेपालमा औषधिजन्य उद्योगमा लगानी गर्न रुची रहेको समेत जानकारी गराएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै, अर्थमन्त्री डा. महतले नेपालमा धेरै लगानी भित्राउने वातावरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?