अर्थमन्त्री डा. महत र चिनियाँ राजदूत सोङबीच भेट

लोकपथ
28
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् ।

शुक्रबार दिउँसो अर्थमन्त्री महत र राजदूत सोङबीच सिंहदरबारस्थित अर्थमन्त्रालयमा भेटघाट भएको हो ।

सो भेटमा टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको छ । त्यसैगरी मुस्ताङ, रसुवागढी जस्तै अन्य पहाडी भू–भागमा समेत सुरुङ मार्गहरु बनाउने विषयमा छलफल भएको छ । चिनबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्राउने विषयमा पनि छलफल भएको बताइएको छ ।

अर्थमन्त्री डा. महतले चिनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने कुरा बताए। भेटमा चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब रुपैया उपलब्ध गराउन सक्ने जानकारी गराएका छन्।

चीन सरकारले उपलब्ध गराउने सहयोग रकमको पूर्वाधार क्षेत्रमै उच्चतम प्रयोग हुने विश्वास राजदूत सोङले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?