आधा घण्टाको लागि प्रतिनिधि सभा बैठक स्थगित

लोकपथ
70
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

शुक्रबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा लामो समय अनुपस्थित हुने सांसदहरुको नाम पढेर सुनाएका थिए ।

सो क्रममा फौजदारी अभियोगमा फरार सांसद लक्ष्मी कोइरी महतोलाई पनि बिरामीको सूचीमा राखेपछि सांसदहरुले आपत्ति जनाएका थिए । सभामुखले बारम्बार सो विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाए पनि सांसदहरुले फरार अभियुक्तलाई जोगाउन खोजेको भन्दै आपत्ति जनाएपछि बैठक स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?