काठमाडौं । फौजदारी अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी कोइरी महतो बिरामी भएको भन्दै सभामुखले संसदमा नाम पेश गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले बिरामीको सूचीमा रहेको भन्दै संसदमा नाम सार्वजनिक गरेका थिए ।
सभामुख घिमिरेले महतोसहित अन्य ५ जनाको नाम संसदमा लामो समय अनुपस्थित हुने सांसदको सूचीमा राखेका थिए । उक्त नामहरु अनुमोदनका लागि सभामुखले आग्रह गरेका थिए । तर सांसदहरुले उठेर फौजदारी अभियोग लागेका व्यक्तिलाई बिरामीको बहानामा बचाउन खोजेको आरोप लगाए ।
सो क्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछाने र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले फौजदारी अभियोग लागेको र प्रहरीको खोजीमा रहेका व्यक्तिलाई जोगाउन खोजिएको भन्दै आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया