काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा १० वा सो भन्दा बढी पटक अनुपस्थित सांसदहरुको नाम सार्वजनिक गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा विभिन्न कारण देखाएर संसद बैठकमा लामो समय अनुपस्थित ५ सांसदको नाम सार्वजनिक गरेका हुन् । जसमा मनोरमा शेरचन, बिना कुमारी थनै, लक्ष्मी महत्तो कोइरी, चन्द्रकान्त भण्डारी, वर्षमान पुन अनुपस्थित भएका हुन् ।
कुन सांसद कति दिन अनुपस्थित भए ?
मनोरमा शेरचन २९ दिन (स्वास्थ्य समस्या)
बिना कुमारी थनै २६ दिन (स्वास्थ्य समस्या)
लक्ष्मी महत्तो कोइरी २१ दिन (स्वास्थ्य समस्या)
चन्द्रकान्त भण्डारी १८ दिन (स्वास्थ्य समस्या)
वर्षमान पुन २६ दिन (स्वास्थ्य समस्या)
एमालेका सांसद लक्ष्मी कोइरी महत्तो बिरामी भएको कारण उपस्थित हुन नसकेको सभामुखले बताएपछि सांसदहरुले आपत्ति जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया