कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रोपटक मागे विश्वासको मत

लोकपथ
49
Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री शर्माले प्रदेश सभाको १४औँ बैठकमा तेस्रो पटक विश्वासको मत मागेका छन् ।

बैठकमा आफ्नो भनाइ राख्दै मुख्यमन्त्री शर्माले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका हुन् ।

प्रदेश सरकारमा रहेको एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्मालाई तेस्रोपटक विश्वासको मत लिन परेको हो । यसअघि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?