गोकुल बास्कोटाको कटाक्ष : ‘झापा घटनाबारे गृहमन्त्री र रक्षामन्त्रीलाई पहिल्यै थाहा थियो’

लोकपथ
156
Shares

काठमाडौं । नेकपा एमालेमा सांसद गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि ढुंगामुढा हुने विषय सरकारलाई पहिल्यै थाहा भएको भन्दै कटाक्ष गरेका छन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद बास्कोटाले झापा घटनाबारे गृहमन्त्री र रक्षामन्त्रीलाई पहिल्यै थाहा भएको बताए ।

सो विषयमा सरकारको ध्यानाकर्षण गराउँदै गृहमन्त्रीले जवाफ दिन नसकेको कारण प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?