१३ मङ्सिर २०८०, बुधबार

राप्रपा (प्र) : निर्वाचनलाई केन्द्रित गरी प्रशिक्षण

२०७४,कार्तिक,७,मंगलवार ०७:४९

0
Shares

काठमाडौँ, ७ कात्तिक ।राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरी यही कात्तिक ९ गते काठमाडौँमा उपत्यकास्तरीय प्रशिक्षण दिने भएको छ ।काठमाडौँ उपत्यकाका तीनै जिल्लाका संयोजक तथा पार्टीका जिल्ला तहका नेता र कार्यकर्तालाई दिइने प्रशिक्षणमा संगठन सुदृढीकरणसम्बन्धी ज्ञान सिकाइने छ ।पार्टीले लोकतान्त्रिक गठबन्धनमा सहभागिता जनाउनुका कारणसमेत सहभागीलाई पार्टीका अग्रज नेताबाट जानकारी गराइनेछ । लोकतान्त्रिक गठबन्धनबाट चुनावमा उम्मेदवार बनाइने व्यक्तिलाई विजयी गराउनका लागि पार्टीले निर्वाह गर्नुपर्ने भूमिका समेत प्रशिक्षणमा बताइनेछ ।कार्यक्रममा पार्टीले लिएका हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था, समावेशी लोकतन्त्र, आर्थिक उदारवादलगायत आदर्शकाबारे सहभागीलाई विस्तृत जानकारी गराइने महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।प्रशिक्षणमा दीक्षित हुने करिब एकसय नेता तथा कार्यकर्ताले आवश्यकताअनुसार मुलुकका अन्य भागमा समेत संगठन विस्तारमा कार्य गर्नेछन् । पार्टीले जनताको सेवालाई केन्द्रमा राखेर चुनावी प्रचारप्रसारमा लाग्न रणनीतिसमेत तय गर्नेछ ।प्रतिनिधिसभाको दोस्रोचरणका लागि उम्मेदवारको टुंगो पार्टीले चाँडै लगाउने पनि जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार ०७:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८