आस्था र मर्यादामा आँच नपुर्याउन ओलीलाई ज्ञानेन्द्रको आग्रह

लोकपथ
91
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आस्था र मर्यादामा आँच नपुर्याउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणिन्द्र पाठकले शुक्रबार जारी गरेको वक्तव्यमा निराधार र कपोकल्पित भ्रमजालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपुर्याउन आग्रह गरिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बिहीबार इलाममा आयोजित कार्यक्रममा झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको दाबी गरेका थिए ।

आक्रोश पोख्दै ओलीले भनेका, ‘ज्ञानेन्द्र शाह उसको परिवार । उनको बुहारी जान्ने भएर जनताले ढुंगा होनेको देखिन् । ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हान्यो रे । मैले यसको जवाफ दिनु नपरोस् बर्ता फरफुर नगर । बर्ता फुरफुर गने होइन । हामीले हिसाब कितान नगरेरै छाडेका छौँ । हाम्रा मान्छे गोली हानेर मार्दा छाडेका छौँ । अनेक हिसाबकिताव गरेका छौनौँ । हिसाव किताब गर्न सुरु गर्न नपरोस् । छोराबुहारी अगाडि सारेर फुरफुर नगर !’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको कडा आलोचना गरेका छन् । उनले पूर्वराजासँग पुरानो हिसाब किताब धेरै रहेको तर आफूहरुले नगरेर त्यसै छाडेको भन्दै कटाक्ष गरे ।

May be an image of text that says "सम्बाद सचिवालयको सूचना ሂ महाराजाधिराज सरकार, श्री ሂ बड़ामहारानी सरकार तथा ሂ युवराजी सरकारवाट कुनै पनि प्रकारका सामाजिक सज्जाल सज्चालन नगरिबक्सेको बेहोरा पुन: जानकारी गराईन्छ यस्तो निराधार कपोल्कल्पीत भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दे आस्थार मर्यादामा आँच नपुरयाउन अनुरोध गरिन्छ। यस सम्बन्धमा यस सचिवालयवाट मिति २०७६/०૬/ २३ मा समेत खण्डन भइसकेको जानकारी गराईन्छ| मिति २०१० साल बैशाख १५ गते"

तर, पूर्वराजाको संवाद सचिवालयले ज्ञानेन्द्र शाह, हिमानी शाहले कुनै पनि सामाजिक सञ्जाल सञ्चालन नगरेको स्पष्ट गरेको छ ।

यसबारे सचिवालयले २०७८ मंसिर २३ गते नै पनि स्पष्ट गरिसकिएको संवाद सचिव फणि पाठकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?