गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ, दुई मन्त्री पनि नियुक्त

लोकपथ
63
Shares

कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् छन्।

केहीबेरअघि एक समारोहबीच मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

त्यस्तै मुख्यमन्त्री पाण्डेले आजै दुई मन्त्री समेत नियुक्त गरेका छन् ।

नेपाली कांग्रेसबाट सरस्वती अर्याल र माओवादीबाट शुशिला सिंखडा मन्त्रीमा नियुक्त भएका हुन् । उनीहरुको मन्त्रालय तोक्न बाँकी रहे पनि शपथग्रहण भने गरेका छन् ।

बिहीबार प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

यता लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि पद तथा गोपनियतको शपथग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?