शपथग्रहणपछि लामिछानेले भने– ‘सरकारमा जाँदैनौँ, समर्थन फिर्ता लिन्छौँ’

लोकपथ
0
Shares
{“caption”:”u0909u092au092au094du0930u0927u093eu0928 u0924u0925u093e u0917u0943u0939u092eu0928u094du0924u094du0930u0940 u0930u0935u093f u0932u093eu092eu093fu091bu093eu0928u0947 u0964 u0924u0938u094du092cu093fu0930 : u0939u0947u092eu0928u094du0924 u0936u094du0930u0947u0937u094du0920/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।

शुक्रबार पद तथा गोपनियताको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग बोल्दै लामिछानेले सरकारमा जाने भन्दै पनि समर्थन फिर्ता लिने सम्भावना बढी रहेको बताए ।

‘सरकारमा जाने भन्दै समर्थन फिर्ता लिने सम्भावना बढि रहेको छ ।’ उनले भने ।

त्यसो त यस अघि चितवनको चुनावी सभामा बोल्दै सरकारलाई समर्थन गरिरहनुको कुनै औचित्य नभएका थिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन गरेर सहयोग गर्न आग्रह गरेको बाहिर चर्चा चलेको थियो । सो बारेमा जवाफ दिँदै लामिछानेले आफूलाई प्रधानमन्त्रीले बधाई दिनका लागि फोन गरेको तर कुनै अन्य विषयमा कुराकानी नभएको स्पष्ट पारे ।

‘प्रधानमन्त्रीले बधाई दिन फोन गर्नुभएको हो । अन्य विषयमा कुराकानी भएन ।’ लामिछानेले भने ।

त्यस्तै आफूहरु यथास्थितीमा सरकारमा जाने सम्भावना नरहेको समेत बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?