काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने भएका छन् ।
दिउँसो साढे १२ बजे मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष विश्वासको मत लिने भएका हुन् ।
बिहीबार प्रदेश प्रमुख गुरुङले पाण्डेलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्रीका रुपमा उनले शपथ ग्रहण गर्न लागे पनि अझै मन्त्रालयको भागबण्डा भने टुंग्याउन सकेका छैनन् । गठबन्धनमा आवद्ध दलहरुले आ–आफ्नो दाबी नछोड्दा भागबण्डा नमिलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया