उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यहरुको आज शपथ

लोकपथ
28
Shares

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शुक्रबार शपथ हुने भएको छ ।

वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीन जना सदस्यहरुको बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ हुन लागेको हो ।

उपनिर्वाचनमा बारा २ बाट उपेन्द्र यादव, चितवन २ बाट रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।

उनीहरुलाई सभामुख देवराज घिमिरेले कानून समितिको हलमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?