फौजदारी मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरे पनि फरार रहेका नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीले बिटा स्वीकृतिको निवेदन संसद् सचिवालयमा दिएका छन् । बिनासूचना १० बैठकभन्दा बढी अनुपस्थित भए स्थान रिक्तसमेत हुने नियमाबलीको व्यवस्था छल्न कोइरीले बिरामी बिदाको निवेदन दिएको पाइएको हो। बिदाका दुईवटा निवेदन कोइरीले प्रतिनिधि सभा सचिवालयमा पठाएका छन् ।
फौजदारी मुद्दामा फरार रहेका उनले २०७९ माघ २५ देखि बिरामी परेकाले बैठकमा उपस्थित हुन नसकेको निबेदन दिएका हुन्। स्वास्थ्य अवस्था ठिक भएपछि बैठकमा उपस्थित हुने जानकारी उनले गराएका छन् ।
संसदका प्रवक्ता एकराम गिरोले कोइरोको निवेदन आएको बताए । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया