गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले एकताबद्ध भएर समृद्धि र विकासमा जुट्न दलहरूलाई आग्रह गरेका छन् ।
गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीका रूपमा सुरेन्द्रराज पाण्डेलाई नियुक्त गरेसँगै संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस मन्त्रिपरिषद्ले मुलुकको समसामयिक परिस्थितिलाई दृष्टिगत गरेर मुलुक र जनताको आकाङ्क्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।
सरकारले प्रदेशमा सुशासन र समृद्धि कायम गर्ने विश्वास व्यक्त गर्दै उनले एकताबद्ध भएर संसद्मा विकास निर्माणको कुरामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
भर्खरै उपनिर्वाचनबाट आएको परिणामले सरकार र संसद्लाई ठूलो चेतावनी दिएको भन्दै प्रदेश प्रमुख गुरुङले अब विगतका दलहरूले विगतकै तरिकाले काम गरेर नहुने उल्लेख गरे । प्रदेशको आर्थिक गतिविधि अघि बढाउने, औद्योगिक विकास एवं पर्यटन क्षेत्रलाई गतिशील बनाउने र सबैको उत्साहलाई समेटेर नेतृत्व गर्न उनले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया