श्रीमतीको हत्या गरी वास्तविक परिचय लुकाई बसेका दर्जी १८ वर्षपछि पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी वास्तविक परिचय लुकाई बसेका एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँची वल्कोट स्थायी घर भई काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी ढल्कु डेरा गरी बस्ने ५८ वर्षीय खुमे दर्जी रहेका छन् ।

खुमे दर्जीले रुपन्देही साविक दुधराक्ष गाविस(३ बुद्धनगरमा बसोबास गरेको अवस्थामा २०६१ मंसिर २४ गते कान्छी श्रीमती ४० वर्षीया राधिका दर्जीलाई मादक पदार्थ सेवन गरेको विषयमा चिर्पट प्रहार गरी हत्या गरी फरार रहेका थिए । भारतको दिल्लीमा करिब ३ वर्ष काम गरी नेपाल आई काठमाडौं क्षेत्रपाटी ढल्कुमा वास्तविक पहिचान लुकाई दिपक रानाको नाममा लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई काठमाडौं क्षेत्रपाटी ढल्कुबाट पक्राउ गरेको हो ।

उनलाई थप कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?