‘साईकल सरर…’मा राहुल केसी र बिना राउतको जोडी (भिडियोसहित)

लोकपथ
104
Shares

काठमाडौं । नायक राहुल केसी र मोडल बिना राउतले अभिनय गरेको नयाँ गीत साईकल सरर…को काठमाडौंमा बिमोचन गरिएको छ । १० वर्षपछि अमेरिकाबाट नेपाल फर्किएका राहुलले गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वरमा रहेको नयाँ गीत साईकल सरर…को भिडियोमा मोडल बिना राउतसँग यतिबोला अभिनय गरेका छन् ।

दुई साता अघि उनले खड्क गर्बुजाको गीत राहुले…को भिडियोमा मा केकी अधिकारीसँग स्कृन शेयर गरेका थिए । सो गीतको भिडियो दर्शकले मन पराएपछि उनलाई फेरी यो गीतको भिडियोमा प्रस्ताव आएको हो । बुधबार काठमाडौंमा एक समारोहबीच यो भिडियोलाई सार्वजनिक गरियो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र विकाश बोर्डका सदस्यद्धय राजु केसी, रबी अधिकारी, अभिनेता गजित बिष्ट, यो गीतको भिडियोका अभिनेता राहुल केसी, अभिनेत्री विना राउतले यो गीतको भिडियो बिमोचन गरेका हुन् ।

बिमोचन समारोहमा बोल्दै अभिनेता राहुल केसीले यो गीत निकै माधुर्य भएकोले आफुले बिनासँग यसमा अभिनय गरेको पनि बताए । कार्यक्रममा उनले भने,‘एक दशकदेखि अमेरिकामा रहेर पनि मैले त्यहाँ म्युजिक भिडियो तथा सर्ट फिल्ममा अभिनय गरिरहेको छु । नेपाल आएको बेला गत साता खड्क गर्बुजा दाईको लाहुरे र यतिबेला उमेर तथा अनुजीको साईकल सरर…गीतको भिडियोमा अभिनय गरेको छु ।’ अभिनेत्री विना राउतले पनि राहुलसँग यो भिडियोमा काम गर्न निकै रमाईले भएको बताईन् । बिगतमा आफुले राहुलका विभिन्न फिल्म हेरेको र अहिले राहुलसँगै काम गर्दा अभिनय सिक्न पाएको पनि उनले बताईन् ।

गीतमा गायनसँगै लेखन र संगीत पनि उमेश मुस्कानकै छ । यो गीतका निर्माता तथा चलचित्र विकाश बोर्डका सदस्य राजु केसीले कार्यक्रममा भने,‘गीत एक पटक सुन्ने वित्तिकै मन परेर गीतको भाव अनुसारको भिडियो हामीले चितवनका विभिन्न पर्यटकीय स्थलमा छायाँकन गरेर बनाएका हौं । यो गीतको भिडियो सबैलाई मन पर्नेमा हामी विश्वस्त छौं ।’

कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले नेपालमा बस्दा थुप्रै चलचित्रमा अभिनेताको रुपमा काम गरेर अमेरिका पुगेका अभिनेता राहुल केसीले त्यही रहेर नेपाली चलचित्र तथा गीत संगीतमा योगदान दिँदै आएको बताए,‘अनु र उमेशको स्वरमा रहेको साइकल सरर गीत जति मिठो छ । यो गीतमा राहुल र विनाको अभिनय पनि त्यत्तिकै राम्रो देखिएको छ ।’ समारोहमा यो गीतका गायक उमेश मुस्कानले गीत सृजना गर्दाको अनुभव सुनाए । यस्तै बोर्ड सदस्य रवि अधिकारी, अभिनेता गजित बिष्टले पनि गीत र भिडियोको प्रसँसा गरे ।

भिडियोको निर्मातामा रक्षा बानियाँ केसी, आकाश केसी र कार्यकारी निर्माता राजु केसी रहेका छन् । यो गीतको भिडियोलाई बुधबार नै केसिएम डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको छ । साईकल सरर…को भिडियोमा प्रमोद के भण्डारीको निर्देशन, देव दोर्जे लामाको छायाँकन, नविन निरौलाको सम्पादन, मोहन सुनुवारको निर्माण नियन्त्रण रहेको छ ।

सौराहा लगायत विभिन्न सुन्दर स्थानमा छायाँकन गरिएको साईकल सरर…को भिडियोमा अभिनेता राहुल र अभिनेत्री विनाको जोडी निकै सुहाएको छ । उनीहरु प्रेमिल जोडीको रुपमा भिडियोमा उत्रिएका छन् । यी दुईको रोमान्स आकर्षक छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?