नेपाल प्रहरीको प्रवक्तामा कुबेर कडायत

लोकपथ
98
Shares

काठमाडौं । प्रहरी नायव महानिरीक्षक कुबेर कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनी प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।

प्रहरी नायव महानिरीक्षक कडायतलाई ९८५१२९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

यसअघि पनि कडायत वरिष्ठ उपरीक्षक हुँदा प्रवक्ताको भूमिकामा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?