काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारप्रति कडा आलोचनामा उत्रिएका छन् ।
इलाममा बिहीबार एमालेले आयोजित कार्यक्रम कार्यक्रममा बोल्दै ओलीले आफूमाथि ढुंगा प्रहार भएको विषयमा हिमानी शाहले जनताले ढुंगा हानेको भन्ने प्रशंगमा कटाक्ष गरेका हुन् ।
‘ज्ञानेन्द्र शाह उसको परिवार । उनको बुहारी जान्ने भएर जनताले ढुंगा होनेको देखिन् । ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हान्यो रे । मैले यसको जवाफ दिनु नपरोस् बर्ता फरफुर नगर । बर्ता फुरफुर गर्ने होइन । हामीले हिसाब कितान नगरेरै छाडेका छौँ । हाम्रा मान्छे गोली हानेर मार्दा छाडेका छौँ । अनेक हिसाबकिताव गरेका छौनौँ । हिसाव किताब गर्न शुरु गर्न नपरोस् । छोराबुहारी अगाडि सारेर फुरफुर नगर !’ ओलीले कटाक्ष गरे ।
केही दिन अघि ओली सहभागि कार्यक्रममा उनीमाथि ढुंगामुढा भएको थियो । सो विषयमा हिमानी शाह नामको ट्वीटर अकाउन्टबाट जनताले ढुंगामुढा भएको पोस्ट भएको थियो । यता हिमानीको सचिवालयले भने सो अकाउन्ट आफ्नो नभएको दाबी गर्र्दै आइरहेको छ ।
त्यस्तै प्रदेश नं १ को नाम कोशी नै ठिक भएको जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया