काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन् ।
मुख्यमन्त्री नियुक्त भएसँगै पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पाण्डेले सो कुरा बताएका हुन् । त्यस्तै आफूले सातवटा बाट मन्त्रालय नबढ्ने बताए ।
मन्त्रिपरिषद् विस्तार छिट्टै हुन्छ। त्यो पहिलेजस्तो लामो समय जाँदैन। मन्त्रिपरिषद्लाई छिट्टै नै पूर्णता दिन्छौँ। र सात वटा मन्त्रालयभन्दा बढ्दैन’, पाण्डेले भने ।
त्यस्तै मन्त्रालय बाँडफाँडाका विषयमा गठबन्धन दलभित्र छलफल भइरहेको बताउँदै मुख्यत माओवादीसँग छलफल गर्ने बताए ।
मन्त्रिपरिषद्लाई पूर्णता दिन विशेषरी माओवादी केन्द्रसँग छलफल हुन्छ’, उनले भने ।
त्यसैगरी आलोपालो आधारमै सरकारको नेतृत्व गर्ने पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया