काठमाडौं । अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी छानबिन आयोगले पीडितबाट उजुरी आह्वान गरेको छ ।
उक्त आयोगले एक विज्ञप्ती जारी गर्दै प्रारम्भिक काम शुरु भइसकेकोको र यही वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना गरेर कार्यसञ्चालन गर्ने जनाएको छ ।
कार्यालय स्थापना भएसँगै आयोगले मिटर ब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितहरुको निवेदन आह्वान गरेको हो ।
प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले निवेदन फाराम भराइ दिने प्रवन्ध गरिएको आयोगले जनाएको छ । निवेदन वैशाख १७ गते देखि ३१ गतेसम्म १५ दिन भित्र दिनुपर्ने आयोगले जनाएको छ ।
सरकारले मिटर ब्याज पीडितको माग सम्बोधन गर्नका लागि गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया