काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार थप एक जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १२ हजार २९ पुगेको छ ।
त्यसो त पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २५१७ जनाको परीक्षण गर्दा सो परिणाममा संक्रमित थपिएका हुन् ।
पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै सक्रिय कोरोना संक्रमितको संख्या बढिरहेको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३७८ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया