गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त

लोकपथ
119
Shares

कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

केहीबेरअघि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

पाण्डेले ३५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
दाबी प्रस्तुत गरेलगत्तै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई बिहीबार नेपालको संविधानको धारा १६८ ९२० अनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

पाण्डेलाई कांग्रेसका २७ र माओवादीका ७ सँगै एकीकृत समाजवादी प्रवेश गरेका एक जना स्वतन्त्र सांसदको पनि समर्थन छ ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ भोलिका लागि तोक्ने तयारी भइरहेको छ ।

यसअघिका मुख्यमन्त्री एमालेका खगराज अधिकारीले गत वैशाख ९ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?