काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी पेश गरेका छन् ।
केहीबेरअघि प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पाण्डेले ३५ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।
जसमा नेपाली कांग्रेस, माओवादीसहित स्वतन्त्र सांसदको समेत समर्थन रहेको छ ।
गण्डकीमा नयाँ सरकार गठन गर्न कांग्रेसका २७, माओवादीका सभामुखबाहेक ८ र एक जना स्वतन्त्र सांसद एक ठाउँ छन् ।
संसदबाट विश्वासको मत नपाएपछि गत वैशाख ९ गते एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो । केन्द्रमा गठबन्धन फेरिएर माओवादीले चैत १० गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मतसम्बम्धी प्रस्ताव राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया