फ्रान्स उडेका विद्यार्थीहरुलाई मन्त्री किरातीले भने,- ‘राम्रो अध्ययन गरेर आउनुहोस्’

लोकपथ
63
Shares

काठमाडौं । इन्टर्नशिपका लागि फ्रान्स गएका विद्यार्थीहरुलाई सँस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बिहिबार विदाई गरेका छन् ।

होटल व्यवस्थापन विषय अध्यानरत २४ विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा मन्त्री किरातीले विदाई गरेका हुन् ।

विदाईका क्रममा छोटो सम्बोधन गरेका मन्त्री किरातीले भने “अव पर्यटन विश्वविद्यालय चाँडै खोलिदैछ तपाँईहरुको आवश्यकता त्यहाँपर्छ राम्रो अध्यान गरेर आउनुहोला । तपाँईहरुले एक बर्ष त्यहाँ सिक्न मात्रै जादै हुनुहुन्न यो देशको राम्रो सभ्यता समेत त्यहाँ छाडेर आउनुहुने छ ।”

होटल व्यवस्थापन तथा पर्यटन विषय अध्यापन गराउँदै आएको नाथमका विद्यार्थीहरुले फ्रान्सको १ सय ३० बर्ष पुरानो सेभोलेमा पर्यटन विश्वाविद्यालयमा एक बर्ष इन्टर्नशिप गर्नेछन् ।

त्यस्तै फ्रान्सको विद्यार्थीहरुले नाथममा इन्टर्नशिप गर्नेछन् । फ्रान्सका विद्यार्थीहरु शुक्रबार नेपाल आउने नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीले जनाएका छन् । होटल तथा पर्यटन सम्बन्धि अध्यान र तालि दिदैआएको नाथमलाई पर्यटन विश्व विद्यालय बनाउन पछिल्लो समय मन्त्री किराती लागि परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?