अख्तियारद्वारा विशेष अदालतको फैसलाविरुद्ध तीन वटा मुद्दा सर्वोच्चमा पुनरावेदन

लोकपथ
56
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध तीन वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अख्तियारले दायर गरेका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझाइ बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।

जसमा गैरकानूनी सम्पत्ति आर्जन, घुस रिसवत र नपाएको अधिकार प्रयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा रहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

अख्तियारले विशेष अदालतको फैसलाविरुद्ध यसअघि पनि दर्जनौँ मुद्दाहरु पुनरावेदन गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?