लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरीले गरे दाबी पेश

लोकपथ
91
Shares

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले दाबी पेश गरेका छन् ।

बिहीबार दिउँसो माओवादीसहित गठबन्धनको सहयोगमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष चौधरीले दाबी पेश गरेका हुन् ।

उनको समर्थनमा ८ दलका ५३ जना संसदको हस्ताक्षर रहेको छ ।

उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन् । चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि केन्द्रीय गठबन्धनअनुसार चौधरी मुख्यमन्त्री बन्न लागेका हुन् । त्यस्तै लुम्बिनीमा कांग्रेस र माओवादीबीच आलोपालो सरकार सञ्चालनको सहमति भएको बताइएको छ ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ सरकार गठनको लागि दिएको आज अपराह्न ४ बजेको समयसीमाअनुसार दाबी पेश भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?