पछि हट्यो सरकार : विदेश जाने विद्यार्थीले पाउने भए एनओसी (निर्देशिकासहित)

लोकपथ
21
Shares

काठमाडौं । विभिन्न देशमा भाषा र डिप्लोमा कोर्ष अध्ययन गर्न जाने विद्यार्थीहरुले वैदेशिक अध्ययन अनुमतिपत्र नो अब्जेक्सन लेटर (एनओसी) पाउने भएका छन् ।

यसअघि गत चैत १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भाषा र डिप्लोमाका लागि विदेश जाने विद्यार्थीहरुका लागि एनओसी रोकेको थियो । त्यसको चौतर्फी विरोध भएपछि सरकारले त्यसलाई सच्याएको हो ।

शिक्षा मन्त्रालयलय नयाँ निर्देशिकाको केही बुँदा परिमार्जन गर्दै त्यसलाई पुरानै व्यवस्था अनुसार एनओसी वितरण गर्न लागेको हो ।

एनओसी बन्द भएसँगै विदेश जाने विद्यार्थी र कन्सल्टेन्सी व्यवसायीहरु आन्दोलित भएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?