महानगरले सिल गर्यो बालाजुको कोतः धुकु पेट्रोल पम्प

लोकपथ
112
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोलपम्प सिल गरेको छ ।

मापदण्ड विपरित राखिएको बालाजुको कोतः धुकु पेट्रोल पम्प सिल गरेको हो ।

नियम विपरित राखिएको भन्दै उक्त पेट्रोल पम्प सिल गरिएको हो । यता पेट्रोल पम्प सञ्चालकले भने आफूलाई कुनै पनि पत्र नआएको भन्दै सिल हटाएर पेट्रोल पम्प सञ्चालन गर्ने चेतावनी दिएका छन् ।

महानगर प्रहरीले उक्त पेट्रोल पम्प हटाउन लागेपछि त्यसको प्रतिवाद गर्ने केही कर्मचारीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?