काठमाडौं महानगरद्वारा माघ २ गतेदेखि चैत ३० गतेसम्मको विवरण सार्वजनिक

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७९ माघ २ गतेदेखि चैत ३० गतेसम्मका विवरण सार्वजनिक गरेको छ ।

बजेट विनियोजन गरिएका शीर्षक, त्यसमा भएको खर्च र मौज्दात रकमसहितको विवरण सार्वजनिक गरेको हो ।

विवरणमा महानगरपालिकाको स्वरुप र प्रकृति, काम कर्तव्य र अधिकार, कर्मचारीको विवरण, सेवा, सेवा प्रवाह गर्ने शाखा र अधिकारी, सेवा लिन लाग्ने समय र शुल्क लगायत विषय समावेश छन् ।

यस्तै निर्णय प्रक्रिया र अधिकारी, निर्णय उपर उजुरी सुन्ने अधिकारी, ऐन, नियम, विनियम, कार्यविधि वा निर्देशिकाको सूची, कार्यालय प्रमुख र सूचना अधिकारी सम्बन्धी विवरण राखिएका छन् । यस अवधिमा भएका काम आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण प्रकाशित विवरणमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?