पूर्व अयोग्य लडाकुलाई पैदा बाँड्न लागेकोप्रति कोइरालाको आपत्ति : ‘पैसा होइन रोजगारी दिउँ’

लोकपथ
65
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अयोग्य पूर्व लडाकुहरुलाई सरकारले उपलब्ध गराउन लागेको आर्थिक सहायताको विरोध जनाएका छन् ।

गत वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य पूर्व लडाकुहरुलाई दुई दुई लाख दिने कार्यविधि पास गरेको थियो ।

सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य नहुने चेतावनी दिए ।

विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताब वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याएको भन्दै उनले भने, ‘
विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन ।’

त्यस्तै माओवादी नेतृत्वको सरकारले गरेको उक्त कार्यको विरोध गर्दै अयोग्य पूर्व लडाकुहरुलाई पैसा नभइ रोजगारी दिन समेत आग्रह गरे ।

‘माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं । उनीहरुलाई पैसा होईन रोजगारी दिउँ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?