लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै

लोकपथ
133
Shares

काठमाडौं । आज लुम्बिनी प्रदेशमा नयाँ सरकार बन्ने भएको छ । यसअघिका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि आज नयाँ सरकार बन्न लागेको हो ।

गठबन्धनको सहयोगमा नयाँ सरकारको नेतृत्व नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री बन्न लागेका हुन् । उनलाई नेकपा माओवादी केन्द्रसहित अन्य दलको समर्थन रहेको छ ।

प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो ४ बजे चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेको छ । यसअघि माओवादीले मुख्यमन्त्रीमा दाबी गरे पनि केन्द्रको निर्देशनपछि माओवादीले कांग्रेसलाई समर्थन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?