काठमाडौं । नेपाल विद्युत प्राधिकरणको जागिरका लागि नाम निस्केर पनि ७ जनाले नियुक्ति पत्र नलिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले स्थायी सेवामा नियुक्तिका लागि कर्मचारी सेवा, सर्त विनियामावली २०७५ (संशोधनसहित) मा तोकिएको अवधिभित्र नियुक्तिपत्रमा लागि सूचित गरेको थियो ।
तर, उनीहरु नगएपछि प्राधिकरणले फेरि सूचना जारी गरेर १५ दिनभित्र नियुक्ति पत्र लिन आउन तथा नियुक्त गरिएको कार्यालयमा हाजिर हुन सूचित गरिएको छ ।
नियुक्ति लिन नजानेमा १ जना प्रकाशकीय अधिकृत, दुई जना इन्जिनियर, एक जना सुपरभाइजर, २ जना मिटर रिडिङ सुपरभाइजर र एक जना लेखापाल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया