मकै बारीमा लुकाएर राखिएको १४ बोरा गाँजा बरामद

लोकपथ
56
Shares

मोरङ । मोरङ प्रहरीले लुकाएर राखिएको अवस्थामा १४ बोरा गाँजा बरामद गरेको छ ।

जहदा गाउँपालिका वडा नम्बर २ बेरियारी टोलस्थित मजेबुल मियाँको मकै बारीमा लुकाएर राखिएको ४२२.३३ किलो ग्राम परिमाणको सो गाँजा प्रहरीले बरामद गरेका हो ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्यूरो रानी बिराटनगरबाट खटिएको संयुक्तटोलीले गाँजा बरामद गरेको र यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?