बागमती प्रदेश हिउँदे अधिवेशनको अन्त्य

लोकपथ
0
Shares

काठमाडौं । बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । यसैगरी बैठकले युवा वैैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?