ओलीमाथि ढुंगामुढा प्रकरणबारे गृहमन्त्रीले भने– ‘दुई प्रहरी घाइते, संलग्नलाई नियन्त्रणमा लिइएको छ’

लोकपथ
154
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली सहभागि कार्यक्रममा ढुंगामुढा गर्नेहरुलाई नियन्त्रणमा लिएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले उक्त घटनाप्रति दुख व्यक्त गरेका छन् । साथै दुई प्रहरी समेत घाइते भएको सदनलाई जानकारी गराए ।

‘ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । यस क्रममा दुई जना प्रहरीहरु घाइते भएका छन् ।’ गृहमन्त्रीले भने ।

बुधबार झापामा आयोजित ओली सहभागि कार्यक्रममा एउटा समूहले ढुंगामुढा गरेको थियो । एमालेको ग्रासरुट कार्यक्रममा सहभागि हुन जाने क्रममा कोशी नामाकरण विरोधी समूहले कालोझण्डासहित प्रदर्शन गरेको संसदलाई जानकारी गराए ।

‘केपी शर्मा ओलीज्यू आफ्ना केही सहयोगीहरुसहित आफ्नो पार्टीको ग्रासरुट अभियानको सिलसिलामा इलाम जाने सन्दर्भमा झापा पनि जानु भएको थियो । झापाको बुधबारेमा उहाँको कार्यकर्तासँग भेटघाट गर्ने र कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम थियो,” गृहमन्त्रीले भने, “त्यो कार्यक्रममा जाने क्रममा उहाँलाई कोसी नामकरणमा विरोध राख्ने समूहको तर्फबाट कालोझण्डा प्रदर्शन गर्ने र अभद्र व्यवहारसहित त्यो कार्यक्रम हुन नदिने, ढुंगामुढाको दुःखद घटना भएको छ ।’

त्यसअघि संसदमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले ओलीमाथि सत्तारुढ दलका कार्यकर्ताले ढ्ुंगामुढा गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?