राष्ट्रिय सभाबाट संसदीय सुनुवाइ समितिमा ३ जना चयन

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय सभाबाट संसदीय सुनवाइ समितिमा तीन जना चयन भएका छन्।

बुधबार नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्मा, नेकपा एमालेका देवेन्द्र दाहाल राष्ट्रिय सभाबाट संसदीय सनुवाइ समितिमा चयन भएका हुन् ।

संसदीय सुनुवाइ समितिमा १५ सदस्यीय समिति रहन्छन् । जसमा प्रतिनिधि सभाबाट १२ र राष्ट्रिय सभाबाट ३ जना चयन हुन्छन् ।

प्रतिनिधि सभाले पनि आजै समिति गठनका लागि नाम प्रस्ताव गर्दैछ ।

प्रतिनिधि सभाबाट कांग्रेस र एमालेको समान ४–४ सदस्य सुनुवाइ समितिमा जानेछन्। त्यस्तै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादीबाट थप १–१ गरि थप ४ सदस्य समितिमा चयन हुने बताइएको छ ।

उक्त समितिले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुने व्यक्तिको नियुक्तिअघि संसदीय सुनुवाइ समितिमा सुनुवाइ गर्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?