किसानलाई कृषि सामग्री वितरण

लोकपथ
42
Shares

बाग्मती । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ मकवानपुरले मनहरि गाउँपालिकास्थित मनहरि वडा नं ९ ज्यामिरेका ८० घरधुरी किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको छ ।

चैते धानबाली चक्लाबन्दी कार्यक्रम अन्तर्गत सो परियोजनाले धनेश्वरी किसान समूहमा आवद्ध किसानलाई आज सामग्री हस्तान्तरण गरेको हो । सो परियोजनाबाट आठ लाख र किसान समूहबाट आठ लाख गरी १६ लाख मूल्य बराबरको कृषि सामग्री खरिद गरी वितरण गरिएको परियोजनाका प्रमुख अनिल तिवारीले जानकारी दिए । परियोजनाले सो समूहमा आवद्ध किसानलाई स्पे्र पम्प, त्रिपाल, मलखाद तथा धानका बीउ वितरण गरेको जनाएको छ ।

कृषि आधुनिकीकरण तथा यान्त्रिकरणको प्रयोग गरी खेती गर्दा लागत कम भई उत्पादन र उत्पादकत्वमा वृद्धि गरी खाधान्नमा आत्मनिर्भर बनाउने उद्देश्य लिएको परियोजनाको धानजोन जिल्ला संयोजक विमला कार्कीले बताए। धनेश्वरी किसान समूहका अध्यक्ष लोकनाथ ढुङ्गानाले हर्दिनाथ जातका धानलाई चकलाबन्दी कार्यक्रम अन्तर्गत प्रवद्र्धन गर्न खोजिएको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?