साथीलाई कुटपिट गरी हत्याको प्रयास गर्ने १३ बालिका पक्राउ

लोकपथ
238
Shares

काठमाडौं । मोरङको मिक्लाजुङ गाउँपालिका बाट १३ जना बालिका पक्राउ परेका छन् । साथीलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

मिक्लाजुङको कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने १४ वर्षकी एक विद्यार्थीमाथि कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । कुटपिटबाट गम्भीर घाइते बालिकाको विर्तामोङ बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

१३ जना बालिकाहरूले कुटपिट गरेको बेलाको भिडियो सामाजिक सञ्जालमा समेत अपलोड गरेका थिए सोही भिडियोको आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले लोकपथसँग भने ।

‘कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने एक विद्यार्थीमाथि कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा हामीले १३ जनालाई पक्राउ गरेका छौँ । पक्राउ गरी मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालेका छौँ ।’ प्रवक्ता दाहालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?