काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै महामन्त्री शर्माले रुपान्तरित हुने सन्देशपछि आफूलाई बदलेर नयाँ ढंगले जुट्ने बताएका छन् ।
‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ ।’ उनले भनेका छन् ।
मतदाताको प्रत्येक मतलाई सम्मान गर्ने बताउँदै उनले लेखेका छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया