प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

लोकपथ
70
Shares

काठमाडौं । आज बुधबार प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद भवन बानेश्वरमा आज दिउँसो ३ बजेलाई बोलाइएको हो ।

आजको बैठकबाट संसदीय समितिको काम कारबाही शुरु हुनेछ । बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि सांसद ईश्वरीदेवी न्यौपानेले प्रस्ताव पेस गर्ने तथा सांसद रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसूची पनि बनाइएको छ ।

संवैधानिक परिषद् सम्बन्धी विधेयक आजै पारित गरिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?