लुम्बिनीमा १६८(२) अनुसार आह्वान सरकार गठनका लागि आह्वान

लोकपथ
21
Shares

काठमाडौँ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै प्रदेश प्रमुखले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

त्यसका लागि दलहरुले आफ्नो पक्षमा बहुमत देखाएर बिहीबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्ने प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?