‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’

लोकपथ
0
Shares

काठमाडौं । नेपालस्थित द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालको आयोजनामा हुने ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ आयोजना हुने भएको छ ।

‘सबैका लागि मानवअधिकार उत्सव’ नारासँगै १२औँ संस्करणको महोत्सव वैशाख १५ गतेदेखि शुरु हुने भएको हो ।महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा वैशाख १५ देखि १७ गतेसम्म चल्नेछ । दोस्रो चरण फेस्टिभल वैशाख २०, २१ र २२ गते मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुनेछ भने तेस्रो तथा अन्तिम चरण काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा वैशाख २९ देखि जेठ १ गतेसम्म हुनेछ ।

“मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ वर्ष पुगेको र आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने र सबैको मानवअधिकारको रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने उद्देश्य रहेको नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले भने । महोत्सवमा युरोपका निर्देशकहरूको आठसहित नेपाली निर्देशकहरुले निर्माण गरेका छोटा चलचित्र प्रदर्शन गरिनेछन् ।

सुदूरपश्चिम, मध्यपश्चिम र काठमाडौं तीनवटै ठाउँहरूमा महोत्सवको शुरुआत यामी रामेजनद्वारा निर्देशित ‘एनी डे नाउ’ चलचित्रको प्रदर्शनीबाट हुनेछ । महोत्सवमा अरस टी रिहानीले निर्देशन गरेका थिए ।

अस्कर एन्ड लिली अष्ट्रिया, एन्ड्री बाग्नेको रमोना स्पेन, दोनातो रोतुनको इयो स्टबने लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली, जहाजी सन्जभीको इमादज चाइल्डहुड स्विडेन, लाटभिया, इराक, इग्नस जोनासको निर्देशनमा बनेको इनभिजिबल लिथुआनिया, लाटभीया, युक्रेन, स्पेन, डेभिड फ्रेनको डेटिङ अम्बर आयरल्यान्ड, युकेर डेभिड फ्रेनले निर्देशन गर्नुभएको मित्र नेदरल्यान्डस प्रदर्शन हुँदैछन् ।

महोत्सवमा नेपालीतर्फ अङ्कित खड्कीको निर्देशन रहेको ‘आई वान्टेड टू बी लाइक माधुरी दीक्षित’, विशाल रोक्का मगरको निर्देशन निर्देशन रहेको ‘गोर्खा गर्ल र ग्रिष्म गिरीको ब्लुज अफ पिक’, मिन्शो लिम्बूको ‘जुनको’, सुनिल पाण्डेको ‘बागथान’, पुनम पौडेलको ‘लिभिङ विथ डिग्निटी’, दीपक रौनियारको ‘फोर नाइटस्’ र दीपा श्रेष्ठको ‘डिफिटिङ क्लाउडस्’ प्रदर्शन गरिनेछ ।

महोत्सवमा ‘मानवअधिकार प्रवर्द्धनमा चलचित्रको भूमिका’ विषयमा छलफलसमेत हुनेछ । युरोपबाट चलचित्रकै विषयमा लेख्दै आएका स्टनिस्ल्यास इडे, नेपालबाट चलचित्र निर्माता तथा निर्देशक अरुण डेओ जोशी र डा सचिन घिमिरे पनि सहभागी हुनेछन् ।

यस संस्करणमा सद्भावनादूतका रूपमा अभिनेत्री मिरूना मगर नियुक्त भएका छन् । विगत ११ वर्षदेखि द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालले महोत्सव गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?